कामना सेवा विकास बैंक १३ वर्ष पूरा गरी १४ औं वर्षमा


कामना सेवा विकास बैंक १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी बैंकले वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालक, प्रमुख कार्यकारी अधिकृतज्यू, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका थिए ।

बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सि. डि. एस. एन्ड क्लियरिङ लि, बि. ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकहरु, कर्मचारी, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति आभार प्रकट गरेका थिए ।

शुभकामना आदन प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोभिडका कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।