झण्डै ६ सय प्रतिशतले खुद नाफा बढाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैंया, मूल्य आम्दानी अनुपात १०० नजिक


अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्सयरेनसको खुद नाफा ५८८.३१ प्रतिशतले बढेको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको बीमा कोषमा ८ करोड र जगेडा कोषमा ६ करोड रुपैयाँ सञ्चित छ ।

३५ हजार ९ सय ५२ वटा बीमा लेख मार्फत ३३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको इन्स्योरेन्सले ५ सय ९५ वटा दावी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ५ रुपैंया ३० पैसा छ भने मूल्य आम्दानी आम्दानी अनुपात ९४.९० गूणा बढी छ । दोस्रो बजारमा प्रतिकित्ता शेयर ५२६ रुपैंयामा किनबेच भईरहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैंया ७२ रुपैयाँ रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।