नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । यता चाँदीको भाउ भने लगातार दुई दिन यता स्थीर रहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९५ हजार २०० रूपैयाँ पुगेको छ । र तेजावी सुनको मूल्य पनि तोलाको ५०० रुपैयाँले नै बढेर प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्यमा कुने परिवर्तन भएको छैन । बुधबारदेखि नै चाँदी तोलाको १ हजार २२० रूपैयाँ नै भाउ रहेको छ ।
आज छापावाल सुन प्रति दश ग्रामको मूल्य ८१ हजार ६२० रुपैयाँ, तेजावी सुनको मूल्य ८१ हजार १९० रुपैयाँ र चाँदी प्रति दश ग्रामको मूल्य १ हजार ४६ रुपैयाँ छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रूपैयाँ, तेजावी सुन ९४ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा नै कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया