पूँजी बजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको उत्कृष्ट निबन्धहरुको पुस्तक बिमोचन तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
धितोपत्र बजार नियमन निकायहरुको अन्तराष्ट्रिय संस्था IOSCO बाट अक्टुवर ५-११, २०२० को अवधिमा विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरेको सन्दर्भमा नेपाल धितोपत्र बोर्डको आधिकारिक टे«ड यूनियनको रुपमा रहेको नेपाल धितोपत्र बोर्ड कर्मचारी यूनियनले पूँजी बजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको आयोजना गरेको हो ।
सो निबन्ध प्रतियोगितामा नेपालका विभिन्न विश्वविद्यालय तथा उच्च मा.वि.का १०० जना भन्दा बढी विद्यार्थिहरुले भाग लिएका थिए । पूँजी बजारसम्बन्धी विभिन्न शिर्षकहरुमा लेखिएका सर्वउत्कृष्ट ७ वटा निवन्धहरुलाई पुरस्कारको व्यवस्था गुर्नका साथै उत्कृष्ट ५० वटा निवन्धहरु समावेश गरी पुस्तक समेत प्रकाशन गर्ने लक्ष्य लिई उक्त निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो ।
यसै सन्दर्भमा कार्तिक २८ गते जुम मार्फत पूँजी बजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको उत्कृष्ट निबन्धहरुको पुस्तक बिमोचन तथा शुभ दीपावली, नेपाल सम्वत एवं छठ २०७७ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनीयनका अध्यक्ष श्री तोलाकान्त न्यौपानेको सभापतित्व सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि डा. रामशरण महत, विशेष अतिथि बोर्डका अध्यक्ष भिष्मराज ढुंगानातथा प्रा.डा. कुसुम शाक्यले संयुक्त रुपमा पूँजी बजार सम्बन्धी पहिलो राष्ट्रिय निबन्ध प्रतियोगिताको उत्कृष्ट निबन्धहरुको पुस्तकको विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दे डा. रामशरण महतज्यूले नेपालमा पूँजीबजारको विकास सम्बन्धी जानकारी दिदैं देशको आर्थिक विकासमा पूँजीबजारको महत्व बारे प्रकाश पारेका थिए । केन्द्रिकृत अर्थ व्यवस्थामा विश्वास गर्ने देशका रुपमा चिनिएका चिन र रुस जस्ता देशले पनि पूँजीबजारलाई महत्व दिन थालेको सन्दर्भमा देशको आर्थिक विकासको लागि पूँजी बजारको विकास एवं विस्तार गर्नुपर्ने र यस बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको नियमन क्षमता बृद्धि गरी स्वायक्त निकायको रुपमा स्थापित गर्नुपर्ने धारण व्यक्त गर्दे दीपावली, नेपाल सम्वत एवं छठ पर्वकोे शुभकामना दिए ।
त्यसैगरी, बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाज्यूले पूँजी बजारमा भएको विकास एवं सुधार सम्बन्धी अद्यावधिक जानकारी दिदै नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले गरेको यस किसिमको कार्यले पूँजी बजारको विकासमा सहयोग पुगेको भन्दै युनियनको यस कार्यको सराहना गर्दे भविष्यमा पनि यस किसिमको कार्यले निरन्तरता पाओस् भन्दै शुभ दीपावली, नेपाल सम्वत एवं छठ पर्वकोे शुभकामना दिएका थिए ।
मन्तव्य व्यक्त गर्ने क्रममा प्रा.डा. कुसुम शाक्यले निबन्धहरुको मूल्यांकनको पद्धतिबारे जानकारी दिइन । त्यसैगरी, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको अध्यक्ष पदम राज रेग्मीले संस्थामा हुने कर्मचारी युनियनहरुले प्राय जसोे सेवा सुविधाको लागि मात्र आवाज उठाउने गरेकोमा यस युनियनले गरेको सृजनात्मक कार्य प्रति आभार व्यक्त गरेका थिए । त्यसै गरी प्रतियोगितामा प्रथम पुरस्कार पाउन सफल हुने एकता अवस्थीले युनियनले अध्यनरत विद्यार्थीहरुलाई पूँजी बजार सम्बन्धमा आफ्नो विचार निवन्ध मार्फत व्यक्त गर्ने मौका दिएकोमा तथा निबन्धहरुको मूल्यांकन निश्पक्ष तरिकाले गर्न सकेकोमा युनियनको यस कार्यप्रति आभार व्यक्त गरेका थिए ।
कार्यक्रमको सभापति तथा युनियनका अध्यक्ष तोलाकान्त न्यौपानले गरेका थिए । त्यसैगरी निवन्ध प्रतियोगिता तथा कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद दिदै शुभ दीपावली, नेपाल सम्वत एवं छठ २०७७ को शुभकामना दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया