महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मुल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।
बीमा समितिको मिति २०७७ कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५।७६ को लागि न्यूनतम ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।
बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमाङ्कीय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले नोटबजारलाई जानकारी दिए ।
कम्पनीको आगामी बिमाङ्कीय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने उनको भनाई छ ।
बीमा समितिबाट स्वीकृत भएको कम्पनीको विभिन्न बीमा योजनामा प्रदान गरिने बोनस निम्न बमोजिम छन् ।
बीमा योजना | बीमा अवधि | बोनस दर (प्रति हजार बीमाङ्कमा) |
महालक्ष्मी सावधिक जीवन बीमा | ||
५ देखि १५ वर्ष | रु.५० | |
१६ देखि २५ वर्ष | रु. ५१ | |
२६ देखि ३० वर्ष | रु.५२ | |
महालक्ष्मी सरल जीवन बीमा | ५ देखि १५ वर्ष | रु.५० |
१६ देखि २५ वर्ष | रु. ५१ | |
२६ देखि ३० वर्ष | रु. ५२ | |
महालक्ष्मी जीवन हेरचार बीमा | ५ देखि १५ वर्ष | रु. ५० |
१६ देखि २५ वर्ष | रु. ५१ |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया