तिहारपछिको पहिलो कारोबार दिनमा नै शेयर बजारमा हरियाली छाएको छ । नेप्से २३.३२ अंकले बढेको बुधबारको बजारमा ६ कम्पनीके शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कारोबार रकम ४ अर्ब ८० करोड नजिक पुगेको छ ।
बजार खुलेको सुरुवाति १५ मिनेट दबाबमा रहेको नेप्से सूचकसँगै लगानीकर्ताको मनोबल उच्च हुँदा बजार इन्ट्रा डे हाइ बिन्दुमा बन्द भएको छ ।
बुधबारको बजारमा कूल १९४ वटा कम्पनीको १ करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर ४३ हजार ६७३ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से १.३६ प्रतिशत अर्थात २३।३२ अंकले बढेर १ हजार ७४१.८१ मा पुगेको छ भने ५० करोडभन्दा धेरै पूँजी भएका कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.८० अंकले घटेर ३३८.०९ बिन्दुमा बन्द भएको छ ।
आज कारोबारमा आएका १२ उपसमूहका परिसूचकमध्ये आज ९ वटा उपसमूहको इन्डेक्स बढेको छ भने जलविद्युत, विकास बैंक र बैंकिङ्ग सहित ३ वटा उपसमूहको परिसूचक मात्र घटेको छ ।
- आज ६ कम्पनीहरुको शेयर सकारात्मक सर्किट
बुधबारको बजारमा ६ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गोर्खाज फाइनान्स, हिमालयन डिष्टिलरी लिमिटेड, बोटलर्स नेपाल (तराई), विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र शिवम् सिमेन्टको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
शिखर इन्स्योरेन्स, ओरियन्टल होटल, नेपाल इन्स्योरेन्स कम्पनी, र नागरिक लगानी कोषको शेयरमूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।
Symbol | LTP | Point Change | % Change |
As of 2020-11-18 15:00:00 | |||
GUFL | 187.00 | 17.00 | 10.00 |
HDL | 2,662.00 | 242.00 | 10.00 |
BNT | 8,446.00 | 767.00 | 9.99 |
BBC | 3,027.00 | 275.00 | 9.99 |
STC | 6,587.00 | 598.00 | 9.98 |
SHIVM | 909.00 | 77.00 | 9.25 |
SICL | 1,603.00 | 124.00 | 8.38 |
OHL | 459.00 | 33.00 | 7.75 |
NICL | 615.00 | 42.00 | 7.33 |
CIT | 4,775.00 | 315.00 | 7.06 |
- ६ कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढी घट्यो
आजको बजारमा ६ कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढी घटेको छ । घलेम्दी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, दीब्यश्वरी हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल हाइड्रो डेभलोपर कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो ।
छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, अरुण काबेली पावर, र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा लगानी गरेका लगानीकर्ताले पनि आजको बजारबाट ४ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
Symbol | LTP | Point Change | % Change |
---|---|---|---|
As of 2020-11-18 15:00:00 | |||
GHL | 130.00 | -8.00 | -5.80 |
UMHL | 164.00 | -10.00 | -5.75 |
DHPL | 117.00 | -7.00 | -5.65 |
SABSL | 880.00 | -52.00 | -5.58 |
NHDL | 239.00 | -14.00 | -5.53 |
SINDU | 167.00 | -9.00 | -5.11 |
CHL | 160.00 | -8.00 | -4.76 |
JOSHI | 123.00 | -6.00 | -4.65 |
AKPL | 268.00 | -12.00 | -4.29 |
CORBL | 225.00 | -10.00 | -4.26 |
- नेपाल पुनर्बिमा कम्पनीको उच्च कारोबार
आज कारोबार रकमको आधारमा नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक रकमको कारोबार भएको छ । कम्पनीको ३३ करोड ६२ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
दोस्रो ठूलो कारोबार भएको नेपाल टेलिकमको ३० करोड ८५ लाख र तेस्रो नेपाल लाइफको २५ करोड ९४ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ ।
शिवम् सिमेन्टस्, एनआईसी एशिया बैंक, प्रभु बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नागरिक लगानी कोष, र राष्ट्रिय बीमा कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।
Symbol | Turnover | Closing Price | |
---|---|---|---|
As of 2020-11-18 15:00:00 | |||
NRIC | 336,259,920.00 | 1,037.00 | |
NTC | 308,551,660.00 | 940.00 | |
NLIC | 259,491,025.00 | 1,620.00 | |
SHIVM | 227,954,002.00 | 909.00 | |
NICA | 181,227,572.00 | 670.00 | |
PRVU | 165,966,078.00 | 297.00 | |
SICL | 162,605,956.00 | 1,603.00 | |
NIL | 114,200,921.00 | 885.00 | |
CIT | 102,864,584.00 | 4,775.00 | |
RBCLPO | 96,421,700.00 | 15,450.00 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया