नेपाल बैंकको १९२ औं शाखा लमहीमा


नेपाल बैंक लिमिटेड (NBL) ले दाङ्ग जिल्लाको लमहीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।

बैंकको उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले संयुक्त रुपमा गरेका हुन ।

लमही शाखासंगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।