भन्सार कार्यालय सिर्सिया विस्तारको लागि ६२ बिघा जग्गा दिने सरकारको निर्णय


नेपाल सरकार मन्त्रीपरिषदको कात्तिक २७ गते बसेको बैठकले सुक्खा बन्दगाह भन्सार कार्यालय सिर्सिया, पर्सा विस्तारको लागि सुक्खा बन्दारगाह भन्सार कार्यालय र एकीकृत जाँच चौकीको बीचमा रहेको करिब ६२ बिघा क्षेत्रफलको जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल प्रहरीको शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंक ,समूहको अन्तरष्ट्रिय विकास संस्थावाट प्रस्तावित १५ करोड अमेरिकि डलर करिब १८ अर्ब रुपैयाँ बरावरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ । त्यसैगरी मन्त्रिपरिषदले सहलगानी सम्बनधी कार्यविधि २०७७ ,व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ स्वीकृत गर्ने लगायत १५ निर्णय गरेको छ ।

कात्तिक २७ गते मन्त्रिपरिषदले गरेका १५ निर्णयहरु