माछापुच्छ्रेमा कृति क्यापिटल गाभ्ने प्रस्ताव पारित


माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारणले कृषि क्यापिटललाइ गाभ्ने प्रस्ताव पारित गरेको छ । बिहीबार सम्पन्न साधारणसभाले कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार मध्येवाट चुक्ता पूँजीको ६.४% का दरले हुन आउने रकम १ करोड २८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स्लाई माछापुच्छ्रे क्यापिटलमा गाभेपछिको कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड हुनेछ । नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति र संस्थागत परामर्श सेवाको लागि इजाजत प्राप्त गरेको यस कम्पनीले मर्जर पछि थप सबल भै आगामी दिनमा भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, म्यूच्यअल फण्ड, निक्षेप सदस्य सेवा लगायतका अन्य सेवाहरु थप गर्ने र सरोकारवाला सबैलाई विस्तारित सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।