सगरमाथा इन्स्योरेन्स (SIC) को जगेडा कोषको आकार ४० प्रतिशतले बढ्दा ५५ करोड २० लाख ७५ हजार रुपैयाँ सञ्चित हुन पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ३३ लाख ५२ हजार थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १०.९२ प्रतिशत (५४ लाख ७७ हजार रुपैयाँ) ले खुद नाफा वृद्धि गर्दै ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ५ करोड १ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सले ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ३ करोड ३२ लाख रुपैयाँले बढेको हो ।
चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २२.२३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३४.४४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.३५ गुणा छ ।
कम्पनीको बीमा कोषमा ६५ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बीमा कोषको आकार ३५ र महाविपत्ती कोष ६७ प्रतिशतले बढेको हो ।
चालु आवको पहिलो त्रैमासमा पुनर्बीमा कमिशन आयबाट ७ करोड १६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
इन्स्योरेन्सले ५० हजार ८२४ वटा बीमालेख जारी गरी ७३ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
सगरमाथा इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा १ हजार ३१८ वटा दाबी बापत २१ करोड ४० लाख ७९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम ९२ करोड ५ लाख ५ हजार रुपैयाँ रहेको छ । कम्पनीको ४ हजार १३३ दाबी बापतको रकम भुक्तानी गर्न बाँकी छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया