आरएमडीसी लघुवित्त वित्तीय संस्था (RMDC) को सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमा मूल्य समायोजन भएको छ ।
नेप्सेले लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मूल्य समायोजन गरेको हो । आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा १५ प्रतिशत बोनस समायोजन गरी नेप्सेले प्रतिकित्ता ८६१ रूपैयाँमा मूल्य तोकेको छ ।
नेप्सेले समायोजन गरेको मूल्यका आधारमा मानेर लघुवित्तको सोमबार कारोबार खुल्नेछ ।
लघुवित्तले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद सहित कूल २० प्रतिशत लाभांश पारित सहितका अन्य प्रस्तावहरु राखेर मंसिर २२ गते, सोमबार संस्थाको २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
सम्बन्धीत थप समाचारहरुः-
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया