सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड को ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर मंगलबार सूचीकृत भएको छ ।
लघुवित्त कम्पनीले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी मंगलबार सूचीकृत भएको हो ।
लघुवित्तले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी असोज १३ गते बाँडफाँड गरेको थियो।
हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् ।हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुगेको छ ।
- लिलामीबाटै साढे ४ करोड रुपैयाँ बढी प्रिमियम संकलन भएपछि लाभांश बढ्ने आशा
लघुवित्तले हकप्रदमा अवितरित ८९ हजार ४५० कित्ता शेयर लिलामी बिक्रीबाट साढे करोड बढी प्रिमियम संकलन गरेको छ ।
लघुवित्तले असोज २५ देखि कार्तिक २ गतेसम्म ७७ हजार ८४२ कित्ता सर्वसाधारण र ११ हजार ६०८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो। जसमा साधारण शेयरको कटअफ मूल्य ६४५ रुपैयाँ र संस्थापक शेयरको कटअफ मूल्य २५४ रुपैयाँ कायम भएको थियो । यसअनुसार साधारण शेयरमा ५४५ र संस्थापक शेयरको लागि १५४ रुपैयाँका दरले प्रिमियम संकलन गरेको थियो।
आर्थिक वर्ष २०७५/७६ बाट पाँच प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांश गरी कुल दश प्रतिशत लाभांश वितरण गरेको लघुवित्तको प्रिमियम संकलनबाट करिब ५ करोड रुपैयाँले जगेडाकोष थप मजबुत बनेकाले लाभांश क्षमता बढ्ने आंकलन गरिएको छ ।
कोरोनाले ऋणको ब्याज असुली कम भएर खुद ब्याज आम्दानी सामान्य बढेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४० लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ।
पहिलो त्रैमासमा २२ करेड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ३ करोड ७० लाख रुपैयाँ रहेको छ।
सम्बन्धीत थप समाचारहरुः-
- सिभिल लघुवित्तको लिलामी शेयरमा कति कायम भयो कटअफ ?
- सिभिल लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने ८ संस्थागत लगानीकर्ता यस्ता, कसले कति पाए शेयर ?
- सिभिल लघुवित्तको लिलामी शेयरमा ३०० बढी आवेदन, कति आउला कटअफ ?
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया