चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) मंसिर १७ गतेदेखि खुला हुने भएको छ ।
हिल्सले २०७७ मंसिर १७ गते देखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर १०० रुपैयाँका दरले ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
यस आईपीओमा आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन पाउनेछन् ।
आईपीओमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने पुस १६ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
इच्छुक आवेदकले कम्तिमा १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
- सर्वसाधारणमा दोश्रो चरणमा खुल्ने
कम्पनीले पहिलो चरणको शेयर बिक्रीपछि सर्वसाधारणमा दोश्रो चरणमा शेयर बिक्रीमा ल्याउनेछ ।
दोश्रो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।
कम्पनीले सर्वसाधारण र स्थानीय बासिन्दाका लागि गरी कुल १८ करोड ४० लाख बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर बिक्रीका लागि धितापत्र बोर्डबाट अनुमति पाएको थियो।
आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।
आसन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा लड्न लागेका उद्यमी चन्द्र ढकालको प्रमुख लगानी रहेको कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।
- चन्द्रागिरी हिल्सको साढे १८ करोड आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति
- नागरिक लगानी कोषले चन्द्रागिरी हिल्सको आईपिओ अण्डरराइटिङ गर्ने
- चन्द्रागिरी हिल्सले १८ करोड ४० लाखको आईपिओ जारी गर्ने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया