चन्द्रागिरी हिल्सले १८ करोड ४० लाखको आईपिओ जारी गर्ने

0
Shares

चन्द्रागिरी हिल्सले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर (आईपिओ) निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरेर उक्त परिमाणको साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडले काठमाडौँको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्मित छन् ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा सुरू गरिएको हो।

नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई गत असोजमा भारतमा सम्पन्न अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्डमा ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको थियो।