माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

0
Shares

माछापुच्छ्रे बैंक र नेपाल भेटनरी संघबीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौताबैंक र नेपाल भेटेनरी संघमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका सदस्यहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल भेटेनरी संघको तर्फबाट अध्यक्ष डा. सितल काजी श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट दायित्व व्यवस्थापन एंव बाह्य मामिला प्रमुख सुनिल खतिवडाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात नेपाल भेटेनरी संघसंग सदस्यहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ ।

माछापुच्छ्रे  बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।