भारतीय शेयर बजारको बबल फुट्दै, लगानीकर्ता एक दिनमै गुमाए २ लाख करोड


भारतीय शेयर बजारमा आएको बबल फुट्ने क्रममा देखिएको छ । बुधबारको कारोबार खुल्दासम्म हालसम्म कै उच्च अंकका रहेको भारतीय शेयर बजार सूचक कारोबारको अन्तिम समयमा घट्दा लगानीकर्ताले क्षण भरमै २ लाख करोड भारतीय रुपैयाँ गुमाएका हुन् ।

बुधबार भारतीय शेयर बजारमा कारोबारको अन्तिम समयमा उल्लेख्य मात्रमा बिक्री चाप बढेको छ ।

कारोबार सुरुहुँदा मुम्बई स्टक एक्सचेन्ज(सेन्सेक्स) बढेदो गतिमा थियो । कारोबारको पहिलो समयमा आएको सुधारले सेन्सेक्स हालसम्मकै उच्च ४४ हजार ८०० अंंक माथि पुगेको थियो । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज (निफ्टी) पनि १३ हजार भन्दा माथि पुगेको थियो ।

बुधबार अधिकांश समय उकालो लागेको भारतीय शेयर बजार अन्तिम एक खण्डमा नाफा बुक गर्ने क्रम बढेको थियो । यो अवधिमा सेन्सेक्स ९९७ अंकले घटेको थियो भने निफ्टी पनि १२ हजार ९०० भन्दा तल आएको हो ।

कारोबारको अन्तिम समयमा शेयर बिक्री गर्ने संख्या उल्लेख्य रुपमा बढेपछि संगै बजार सूचकहरु उच्च अंकले घटेका हुन् ।

बुधबार सेन्सेक्स ६९५ अंकले घटेर बन्द हुँदा ४३ हजार ८२८.१० अंकमा झरेको छ भने निफ्टीमा १९७ अंकको गिरावट आइ १२ हजार ८५८ अंकमा झरेर बन्द भएको छ । बुधबार सेन्सेक्स ४४ हजार ८२५ अंकसम्म पुगेको थियो ।

बुधबार भारतीय शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर मूल्य उच्च दरमा घटेको छ । तर, पीएसयू बैंकको शेयरमा भने माग बढी थियो । फर्मा, आइटी तथा मेटल कम्पनीका शेयर मूल्यम गिरावट आएको छ । सेन्सेक्स ३० मा ओएजिसी तथा पावर ग्रिड वाहेक सबै शेयरहरुको मूल्य घटेका छन् । अमेरिकामा नेतृत्व हस्तान्तरण प्रक्रिया सुरु भएपनि राजनीति अस्थिरता पनि कम हुँदै आएको अवस्था हो । फलस्वरुप मंगलबार अमेरिकी शेयर बजारमा उच्च सुधार आएको थियो भने बुधबार एसियाली बजारमा सुधार आएको हो ।

भारतीय शेयर बजारमा बुधबार अन्तिम समयमा आएको गिरावटले लगानीकर्ताको २ लाख करोडको नोक्सान भएको छ । मंगलबार भारतीय सेयर बजारमा सुचीकृत कम्पनीको कुल बजार पुँजीकरण एक करोड ७४ लाख ८१ हजार ९२१ करोड भारतीय रुपैयाँ कायम रहेकोमा बुधबार घटेर एक करोड ७२ लाख ५९ हजार ४६९ करोड भारतीय रुपैयाँ सीमित भएको छ । बुधबार भारतीय शेयर बजारमा कारोबार हुने अन्तिम एक घण्टा लगानीकर्ता शेयर बिक्री गरेर नाफा बुक गर्न मात्र केन्द्रित रहे । त्यसकाले गर्दा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

केही दिन अघि मात्र अर्थतन्त्रका अधिकांश सूचकहरुका प्रतिवेदन नकरात्मक रहेका अवस्थामा शेयर बजारको उच्च सुधारलाई भारतमा बबलको रुपमा लिइएको थियो । बजारका जानकारको भनाई पनि पूँजी बजारमा बुलिस ट्रेण्ड सकिएको हुनाले छिट्टै उच्च अंकको करेक्शन आउनेवाला विश्लेषण समेत गरेका थिए ।

भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले पनि शेयर बजारको चाल अर्थतन्त्र भन्दा उल्टो दिशामा रहेको बताएका थिए । यस्तो अवस्थामा शेयर बजारमा प्रवेश गर्नुभन्दा अघि धेरै सोच विचार गरेर मात्र लगानी गर्न आग्रह गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।