सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा बिहीबार बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकले गत आवबाट वितरण गर्ने ८ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मूल्य समायोजन गरेको हो ।
बैंकको ८ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २३२ रूपैयाँ समायोजित मूल्य तोकेको छ । बुधबार बैंकको प्रतिकित्ता २५१ रुपैयाँमा अन्तिम पटक कारोबार भएको मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको समायोजित मूल्यलाई आधार मानेर बिहीबार कारोबार खुल्नेछ ।
बैंक सञ्चालक समितिको कार्तिक २८ गते सम्पन्न बैठकले बैंकको चौधौं वार्षिक साधारण सभा मंसिर २० गते, शनिबार बैंकको रजिष्टर्ड कार्यालय, नारायणहिटी पथ काठमाडौंमा आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशतका दरले हुन आउने नगद लाभांश (कर समेत) वितरण गर्ने विशेष प्रस्ताव लगायत अन्य प्रस्तावहरु पारित गर्नेछ ।
बैंकले मंसिर २० गते डाकेको १४ औं वार्षिक साधारण सभाका लागि मंसिर ११ गते बिहीबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार बैंकको ११ प्रतिशत लाभांश बुधबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया