शेयर बजारले नयाँ उचाई कायम गरेसंगै स्थायित्व ल्याउने चुनौति – लगानीकर्ता

0
Shares

शेयर बजारका लगानीकर्ताहरुले शेयर बजारले नयाँ उचाई कायम गरेसंगै बजारलाई स्थायित्व ल्याउने चुनौति रहेको बताएका छन् । साथै उनीहरुले कसैको लहलहैमा लागेर बिना अध्ययन बजार लगानी नगर्न पनि लगानीकर्ताहरू आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले हालसम्मकै नयाँ उचाईका साथै कारोबार रकममा समेत रेकर्ड ब्रेक गरेको अवस्थामा लगानीकर्ताका विभिन्न पाँच संस्थाहरुले यसको स्वागत गर्दै लगानीकर्ताहरुलाई सचेत हुन समेत अनुरोध गरेका छन् ।

२०७७ साल मंसिर ११ गते विहिवार नेपालको शेयर बजारको इतिहासमा एकैदिन सबैभन्दा धेरै ७ अर्व ६१ करोड ३० लाख ३० हजार बराबरको शेयर किनबेच भएको थियो भने सोही दिन नेप्से सूचक हालसम्मकै उच्च १८९३.२४ विन्दुमा पुगेको छ।

साथै लगानीकर्ताका ५ संस्थाहरुले जारी गरेको विज्ञप्तिमा बढ्दो बजारमा लगानिकर्तीहरूको उत्साहजनक प्रवेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याइएको छ । उनीहरुले आम लगानिकर्ताहरूलाई आफुले लगानी गर्ने कम्पनीहरूको विगतको ईतिहास, संचालकहरूको सामाजिक हैसियत,कम्पनिद्वारा वितरित लाभांश ईतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरि उक्त कम्पनिको शेयरमा लगानी गर्न आग्रह समेत गरेका छन्।

विज्ञको सल्लाह बिना कसैको लहलहैमा लागेर बिना अध्ययन लगानीगर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानि पनि हुनसक्ने तर्फ सम्वेदनशिल भै लगानी गर्नुहुन हामी सम्पुर्ण लगानीकर्ताहरू लाई हार्दिक अनुरोध पनि गर्न चाहान्छौं । विज्ञप्तिमा भनिएको छ ।

पूँजीबजारको विकासमा नियामक निकायले चालेका सकारात्मक कदमहरू, नट्सको सफल कार्यान्वयन, शेयरकर्जाको व्याजदरमा कमी,देशको सोधानान्तर वचतमा बढोत्तरी ,विप्रेषण प्रवाहमा वृद्धि, अधिकांस बैंक तथा वित्तिय संस्थाको सन्तोषजनक त्रैमासिक वित्तिय विवरण, कोभिडको नकारात्मक प्रभाव कम हुनले बजारमा बढेको उनीहरुको भनाई छ । सबैभन्दा नयाँ अर्थमन्त्र पूँजीबजार मैत्री हुने विश्वास जस्ता सकारात्मक मनोवैज्ञानिक कारणहरूले बजार अझै माथि जाने आधारहरू रहेको दाबी समेत गरेका छन् ।

लगानीकर्ताहरुले समय समयमा अनलाईन प्रणालीमा आईरहने समस्या अझै पनि विधमान रहेकोले सो समस्याको दिर्घकालिन समाधानको लागि सम्बन्धित निकायहरुको ध्यानकर्षण समेत गराएका छन् । मेरो शेयरमा आईरहने गढबढीले शेयर बजारलाई नकारात्मक असर पारिरहेको गुनासो गर्दै सो समस्याको अविलम्ब समाधान गर्न माग समेत गरेका छन् । त्यस्तै, लगानीकर्ताहरूले ब्रोकर कमिशन यथासक्य घटाउन समेत आग्रह गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।