श्वेत गंगा हाइड्रोपावरको साधारण सभा आह्वान

0
Shares

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले पुस ७ गते वार्षिक साधारण सभा डोकेको छ । कम्पनीले अकामा होटेल धुम्बाराही ४ काठमाडौंमा अपरान्ह ३ बजे सभा बोलाएको हो ।

सभामा कम्पनीले बैंक कर्जा सुविधा लिने तथा कर्जा सम्झौता गर्नका लागि अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

यसैगरी कम्पनीको अधिकृत पूँजी १ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब ६० करोड रुपैयाँ पु¥याउने, कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल सझाव वा निर्देशन भएमा सोही अनुसार गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृति गर्ने लगायताका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।