सम्राट सिमेन्टले क्लिङकर उत्पादन थाल्यो, तिमिल्सिनाको नेतृत्वमा फड्को मार्दै

0
Shares

सम्राट सिमेन्टले प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्न थालेको छ । पाँच हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले २४ महिनामै क्लिङकर उत्पादन गर्न थालेको हो ।

विश्व महामारीबीच पनि अनवरत काम गरेर उल्लेख्य नमूना राष्ट्रलाई देखाउन सफल भएको सम्पूर्ण श्रेय कम्पनीका मुख्य साझेदार तथा अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनालाई जान्छ ।

तथापि उनले यसको सम्पूर्ण श्रेय आफूलगायत अन्य सञ्चालकहरु तथा आफ्नो सम्पूर्ण कर्मचारीलाई दिन रुचाउँछन । सम्राट सिमेन्टको मुख्य सञ्चालकहरु अध्यक्ष तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधिर तिमिल्सिना छन् ।

‘सबै सञ्चालकहरुको साथ र सहयोगका कारण सम्राट सिमेन्टले यति कम समयमा राम्रो गती लिन सम्भव भएको हो,’ तिमिल्सिनाले भने । नेपाली लगानीकर्ताहरु र नेपाली बैंकहरुको संयुक्त प्रयासमा यो सफल हुन पुगेको उनको भनाइ छ ।

मुकुन्दप्रसाद तिमिल्सिना व्यापारमा नयाँ अनुहार होइनन् । सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए । त्यस्तै, विभिन्न होइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन् । उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ । भिभो मोबाइलका अध्यक्ष पनि हुन् उनी ।

उनको कम्पनीले नेपालका लागि करिब ५/६ वटा विभिन्न ब्राण्डका मोबाइल आयात गर्दै आएको छ । योसँगै उनको लगानी शुभश्री अग्नी (प्युठान सिमेन्ट) मा पनि छ । त्यस्तै उनी भक्तपुर इँटा टायल कम्पनीमा पनि उनको लगानी छ । त्यसैगरी अम्बे स्टिलमा रहेको थियो ।

नेपालमा बिक्री वितरण हुँदै आएको भिडियोकन कम्पनीका टेलिभिजन, फ्रिजलगायतका इलेक्ट्रिोनिक सामानहरुको आयातकर्ता हुन् ।

उनको परिचय त्यत्तिमा मात्रै सीमित छैन । धार्मिक र विभिन्न सामाजिक कार्यहरुमा पनि उनी सधै अगाडि रहेर काम गर्न रुचाउँछन् । उनले चितवनमा ठूलो मन्दिर तथा धर्मशाला निर्माण गराएका छन् । करिब २ दशकअघि निर्माण गराएर सेवा दिइरहेको धर्मशालाको बारोमा धेरैकमलाई मात्रै जानकारी छ ।

के.एच.डी होमबोल्ड जर्मन कम्पनीको मेसिनद्वारा उत्पादित सम्राट सिमेन्टमा पूर्णरुपमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको उनले जानकारी दिए ।  उनले भने, ‘आगामी दिनमा ठूला आयोजनामा पनि सम्राट सिमेन्टको प्रवेश पक्का छ ।’

४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् । अध्यक्ष तिमिल्सिनाका अनुसार उद्योगमा १६ बिलियन लगानी भएको छ । जसमध्ये ११ बिलियन फिक्स्ड र बाँकी ५ बिलियन वर्किङ क्यापिटल हो ।

लमही नगरपालिका, वडा नम्बर ७, कमानपुर दाङमा रहेको उद्योगले पछिल्लो समय गरेको व्यवसायिक प्रगति निकै लोभलाग्दो छ ।
विभिन्न आयोजनाका लागि आवश्यक ल्याव परीक्षणमा सम्राट सिमेन्ट पास हुँदै आएको छ र आगामी दिनहरुमा यसको निरन्तरता तीव्ररुपले अगाडि बढ्ने पक्का छ । कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको छ ।

गुणस्तरीय मापदण्डलाई सम्राट सिमेन्टले निकै जोड दिएको छ । सिमेन्टका बोराहरु प्याक हुनु अघि एफएल एसएमआइडीटीएच डेनमार्कबाट ल्याइएको रोबटिक प्रविधिको प्रयोग गरेर ‘रमिल पाउण्डर’, ‘क्लिनफिड पाउडर र सिमेन्ट पाउडरको परीक्षण गरिन्छ र त्यसपछि मात्रै सिमेन्ट उत्पादनको शुरुवात गरिन्छ ।

यसो गर्दा कम समयमा धेरै गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ । जसको कारण कम्पनीले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गरेको छ । नेपालमा यस प्रविधिबाट गुणस्तर मापन गर्ने यो दोस्रो कम्पनी हो ।

यस उद्योगमा खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकाले पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । जसका कारण कम्पनीले ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । हाल कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ ।

हिमालयन बैंकको अग्रसरतामा एभरेष्ट, मेगा र सिटिजन बैंकलगायतका बैंकहरुको मुख्य लगानी रहेको यो प्रोजेक्टमा कम्पनीले कामहरु गरिरहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।