साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्गमै शेयर बजार परिसूचक मापक नेप्से ०.९५ प्रतिशत अर्थात १९.७७ अंकले बढेर २ हजार ९० बिन्दुमा पुगेको छ ।
शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु पुगेको छ । आजको प्रि ओपनिङ्ग सेसनमा नै यसअघिका सबै बिन्दु तोडिएको हो ।
आज नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा ५१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ५१ कम्पनीका २१ हजार ३६ कित्ता शेयर २ करोड ४२ लाख ७६ हजार ३८६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया