लगातार ४३५ अंकले बढेको बजारमा पहिलो पटक दोहोरो अंकको करेक्शन

0
Shares

पछिल्लो १५ कारोबार दिनमा लगातार बढेर ४३५ अंक माथि उक्लिएको शेयर बजारमा बिहीबार पहिलो पटक दोहोरो अंकको करेक्शन आएको छ । पछिल्लो १५ कारोबारमा बीचमा एकदिन २ अंकको झिनो करेक्शन देखापरे पनि बिहीबार भने दोहोरो अंकको करेक्सन आएको हो ।

गत कात्तिक २३ बाट लगातार बढेको बजार मंसिर ८ गते २ अंकले घटेको थियो। त्यसपछि निरन्तर बढेको बजारले हालसम्मकै सर्वाधिक उचाई हासिल गरेको थियो। निरन्तर बढेको बजारमा नाफा सुरक्षित गर्नेहरु बढेपछि बजारले करेक्शनको बाटो समातेको हो । विश्लेषकहरुले समेत करेक्शन नभई बढेको बजारमा बढी जोखिम हुने बताउने गरेका थिए ।

बुधबार मात्र नेप्से सूचक २०७१ अंकमा पुगेर हालसम्मकै सर्वाधिक उचाई हासिल गरेको थियो । त्यसको भोलिपल्ट खुलेको बजारमा १५ अंकको करेक्शन आएको हो । बिहीबार बजार खुलेको सुरुवाती चरणमा बढेको बजार २११८ अंकसम्म उक्लिएको थियो ।

प्रि-ओपनिङ सेसनमै झण्डै २० अंकले बढेको बजार नियमित कारोबार सेसनको पहिलो दश मिनेटमै २११८ अंकसम्म उक्लिएको थियो । त्यसपछि करेक्शन देखा परेको बजार बन्द हुने समयसम्म आईपुग्दा १५.५७ अंकले घटेर २०५५.४५ अंकमा झरेको छ । आजको बजारमा उच्चतम ६३ अंकको उतार-चढाब देखिएको छ ।

बिहीबार कारोबार भएका २०० कम्पनीको ६४ हजार ४ सय २६ बटा कारोबारवाट ८ अर्ब २ करोड रुपैयाँ बराबरको एक करोड ५८ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम, शेयर संख्या तथा कारोबार संख्या अघिल्लो दिनको तुलनामा धेरै हो ।

पछिल्ला दिनहरुमा लगानीकर्ता एकै दिनमा बहु-समुह परिवर्तन गरेर शेयर खरिद बिक्री गरेको अवस्था छ । लगानीकर्ताले शेयर ठूला भन्दा पनि साना कम्पनी रहेको समुहको शेयर छिटो-छिटो सिफ्ट गरेको देखिन्छ । पोर्टफोलियो बदल्ने क्रममा नाफा सुरक्षित गर्दै लगानीकर्ता बाहिरिँदा बिक्री चाप आउन थालेको छ ।

Symbol Turnover Closing Price
As of 2020-12-03 15:00:00
NRIC 1,114,008,577.00 1,735.00
NTC 421,838,899.00 1,285.00
NLIC 300,338,300.00 1,955.00
NLICL 260,711,279.00 1,070.00
SHIVM 238,282,110.00 1,319.00
PCBL 223,086,009.00 413.00
NBL 187,084,677.00 413.00
NABIL 182,433,622.00 1,140.00
CBBL 171,083,190.00 1,545.00
NIL 146,058,554.00 1,253.00

बिहीबारको बजारमा जलविद्युत र माइक्रोफाइनान्स बाहेक बाँकी सबै समूहमा गिरावट आएको छ । यसदिन तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । एभरेष्ट इन्स्योरेन्स संस्थापक, अपर हाइड्रो र नेपाल सेवा लघुवित्तको शेयरमूल्य उच्चदरले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-03 15:00:00
EICPO 298.00 27.00 9.96
UPPER 431.00 39.00 9.95
NSEWA 855.00 71.00 9.06
DDBL 1,430.00 90.00 6.72
CBBL 1,545.00 93.00 6.40
PCBL 413.00 19.00 4.82
SLBS 1,090.00 50.00 4.81
SLBSL 922.00 42.00 4.77
MLBBL 1,187.00 54.00 4.77
SAEF 11.50 0.49 4.45

यसदिन विशाल बजार कम्पनी, साल्ट्र ट्रेडिङ तथा बोटलर्स नेपाल तराई लगायतका कम्पनीको शेयरमूल्य उच्चदरले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-03 15:00:00
BBC 3,190.00 -239.00 -6.97
STC 5,700.00 -425.00 -6.94
BNT 9,100.00 -499.00 -5.20
RHPL 277.00 -15.00 -5.14
SJCL 261.00 -14.00 -5.09
ALICL 889.00 -38.00 -4.10
RSDC 664.00 -26.00 -3.77
HIDCL 282.00 -11.00 -3.75
PPCL 236.00 -9.00 -3.67
GRDBL 159.00 -6.00 -3.64

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार  १५ : २७ बजे