मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा आज, अधिक तरलता व्यवस्थापन र घट्दो ब्याजदरलाई सम्बोधन गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा गर्ने भएको छ । राष्ट्र बैंकको बिहीबार साढे ४ बजे हुने सञ्चालक समितिको बैंठकपछि मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको हो।

मौद्रिक नीतिको नीतिगत परिवर्तनका लागि कम्तीमा पनि ६ महिना पर्खनु पर्ने हुन्छ । त्यसैले गर्दा पनि केन्द्रीय बैंकले बिहीबारको पहिलो त्रैमासीक समिक्षा मार्फत नीतिगत दरहरुमा परवर्तन भने गर्ने सम्भावना नभएको राष्ट्र बैंकका डेपुटि गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेपको ब्याजदर घट्दो गतिमा देखिएको छ । यस सन्दर्भमा भने केन्द्रीय बैंकले सम्बोधन गर्ने देखिन्छ । बैंक वित्तीय संस्थामा अधिक तरलता हुदाँ अनुत्पादक क्षेत्रमा पैसा धेरै गएको छ । यसले गर्दा पनि अनुत्पादक क्षेत्रमा लगानी वृद्धिबाट हुने जोखिम नियन्त्रणका लागि केन्द्रीय बैंकले निक्षेपको घट्दो ब्याजदरको विषयमा पहिलो त्रैमासको समिक्षा मार्फत सम्बोधन गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि जारी गर्ने वित्तीय उपकरणको ब्याजदर पनि निकै न्यून विन्दुमा आएको छ । सोमबार मात्र केन्द्रीय बैंकले निष्काशन गरेको २८ दिने निक्षेप संंकलन उपकरणको ब्याजदर समेत ०.६२ प्रतिशतमा सिमति रहेको छ । त्यसैगरी टे«जरी बिल्सले औसत ब्याजदर पनि मंसिर १६ गतेसम्ममा ३६४ दिनेको औसत ब्याजदर १.९२३६ प्रतिशतमा सिमित छ ।

त्यसैगरी केन्द्रीय बैंकले मार्जिन ल्यान्डिङ, ओभर ड्राफ्ट, चालुपूँजीमा गएको कर्जाको सन्दर्भमा समेत केही अप्रत्यक्ष व्यवस्थाहरु गर्ने देखिन्छ । अहिलेको अवस्थामा कोरोनाका कारण आर्थिक गतिविध ठप्प भएपछि बैंकहरुले लगानीका क्षेत्र नभएपछि मार्जिन लोन मात्र होइन आफैले पनि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न थालेका छन् । बैंकिङ क्षेत्रको घट्दो ब्याजदरको पैसा शेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंकले नजिक बाट हेरिरहेको थियो ।

कोरोनाका कारण सिथिल भएको अर्थतन्त्र सकारात्मक होस भनेर केन्द्रीय बैंकले बजारमा तरलताको सहज गराउने नीति लियो । तर, बैंकहरुले सरकारले तोकका क्षेत्रमा भन्दा पनि शेयर बजारमा लगानी बढाएपछि त्यो पैसा अनुत्पादक क्षत्रेमा गएको हुदा केन्द्रीय बैंकले पहिलो त्रैमासको समिक्षा मार्फत नै त्यसलाइ निन्यत्रण गर्न खोजेको हो ।

नीतिगत परिवर्तन मार्फत नभै अप्रत्यक्ष रुपमा बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई टाइट गर्ने योजना राष्ट्र बैंकको छ । तरलता सहजगर्न खोज्दा शेयर बजार तथा घरजग्गामा पैसा गएर बबल आउन सक्ने विषयमा केन्द्रीय बैंकले केही कसीलो नीति अपनाउने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।