नेपाल बङ्गलादेश बैंकको ९८ औं शाखा सप्तरीको राजविराजमा


नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं ४ मा आफ्नो ९८औं शाखा संचालनमा ल्याएको छ ।

२०७७ मंसिर १८ गतेबाट सप्तरी जिल्लाको राजविराज शाखा उद्घाटन गरि औपचारिक कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ । राजविराज नगरपालिकाका मेयर शम्भु यादव तथा बैँकका प्रादेशिक प्रमुख बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा बैंकको शाखा उद्घाटन गरेका थिए ।

बैँकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ शाखा विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

राजविराज शाखा सहित बैंकले ९८ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।