समता लघुवित्तको साधारण सभा आह्वान, २६.३२ प्रतिशत लाभांश पारित गर्ने

0
Shares

समता लघुवित्त वित्तीय संस्था (SMATA) ले पुस १४ गते मंगलबार सातौं वार्षिक साधारणसभा राखेकोे छ । संस्थाले बाराको सिमरास्थित होटल क्लामिकमा बिहान १०ः३० बजे सभा आयोजना गरेको हो ।

उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर तथा ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै घरेलु लघुवित्त वित्तीय संस्था र समता एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि शेयर स्वाप रेशियो स्वीकृत गर्ने, गाभिएपश्चात बन्ने लघुवित्तको नाम समता घरेलु लघुवित्त वित्तीय संस्था राख्ने, केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका ८ मा रहने, लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि १४ गतेसम्म शेयरधनी दर्ता किताब शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) रहने जनाएको छ ।

हाल यो वित्तीय संस्था घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) को प्रक्रियामा रहेकोले गत असार १ गतेबाट हालसम्म शेयर कारोबार रोक्का रहेको छ ।

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।