नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत शेयर कर्जा र व्यक्तिगत कर्जामा कडाई गरेपछि त्यसको सोझो असर नेप्सेमा परेको छ ।
आइतबार नियमित बजार खुलेको १५ मिनेटमा नै नेप्से ५० अंकले घटेर २ हजार ५ बिन्दुमा झरेको छ । यसअघि आर्थिक वृद्धिको विपरित नेप्से लागातार ४३५ अंकको वृद्धिले नियामक निकायहरुले शेयर बजारमा प्रवाहित कर्जा र व्यक्तिगत कर्जामा कडाई गर्ने निष्कर्षमा पुगेका थिए ।
सुरुवाति १५ मिनेट यस अवधिमा १४३ कम्पनीका ८ लाख २५ हजार कित्ता शेयर ५ करोड ८२ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका होटल बाहेकर सबै उपसमुहका सूचक ऋणात्मक बनेका छन् ।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १५ करोड ४४ लाखको शेयर कारोबार भएकोमा नेपाल लाइफ र अपर तामाकोशी कारोबार रकमका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
१५ मिनेट अवधिमा प्रुडेन्सिेयल इन्स्योरेन्स, रिलायन्स फाइनान्स र अपर तामाकोशीको शेयरमूल्यमा वृद्धि आएको छ भने लिवर्टी इनजी, छिमेक लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।
सम्बन्धीत समाचार लिङ्कहरु:-
- शेयर तथा व्यक्तिगत कर्जा पुनरावलोकन गरिने, कर्जाको माग बढ्यो
- बचतको ब्याजदर थप घट्न नदिन राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था
- चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा (पूर्ण पाठ)
- वित्तीय स्थायित्वमा जोखिम आउन नदिन कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ: गभर्नर
- छ महिनाको ब्याज बक्यौता रहेको अवस्थामा धितो लिलामी नहुने
- कोरोना प्रभावितका लागि ६५ अर्ब ६९ करोड पुनरकर्जा स्वीकृत
- वित्तीय साधन उत्पादन अभिवृद्धिमा प्रोत्साहित गर्न चुनौती : राष्ट्र बैंक
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया