कोरोनाभाइरस सँग लड्ने युरोपेली केन्द्रीय बैंकको दोस्रो चरणको योजना सार्वजनिक

0
Shares

युरोपेली केन्द्रीय बैंक इसीबीले दोस्रो चरणको कोरोना लहरसँग जुध्ने योजना सार्वजनिक गरेको छ । बजारको अपेक्षालाई पूरा गर्ने गरी इसीबीले यो योजना सार्वजनिक गरेको हो । यस अन्तर्गत आकस्मिक ऋणपत्र ‘बन्ड’ खरिद गर्ने पहिलो योजनाको रूपमा अगाडि सारेको छ ।

इसीबीका प्रमुख क्रिस्टिन लाग्रेडले भाइरससँग लड्ने प्रमुख उपकरणको रूपमा महामारी आकस्मिक ऋणपत्र खरिद कार्यक्रम पीइपीपीको घोषणा गरिन । यो कार्यक्रम अन्तर्गत ५ खर्ब युरोदेखि १८ खर्ब ५० अर्ब युरो बराबरको ऋणपत्र खरीद गर्न सकिने छ ।

यो कार्यक्रम विगत ९ महिनादेखि विस्तार भई आएको छ । मार्च २०२२ देखि सञ्चालित योजनालाई कोरोना संकट समाप्त भएसम्म जारी राख्ने इसीबी प्रमुख लाग्रेडले जनाएकी छिन ।

युरो क्षेत्र भर यो योजनाले अभूतपूर्वरूपमा सस्तो धन उपलब्ध गराउने छ । ऋणीहरूलाई यसबाट खर्च गर्न प्रोत्साहन गर्ने र उनीहरूलाई यसबाट लागत कम भई लगानी लगाउन उत्साही बनाउने विश्वास व्यक्त गरिएको छ ।

यो योजनाबाट इसीबीले स्फिति २ प्रतिशत भन्दा तल राख्ने लक्ष्यका साथ आर्थिक वृद्धिलाई बलियो पार्ने लक्ष्य लिएको छ । पीइपीपीका परिपक्व भएका ऋणपत्रको भुक्तानीको पुर्नलगानी विस्तार गर्ने योजना पनि रहेको इसीबीले जनाएको छ ।

तर केन्द्रीय बैंकले महामारी पूर्वका सम्पत्ति खरीद कार्यक्रमलाई पूर्ववत राखेको छ । जुन कार्यक्रम अन्तर्गत यसले कोर्पोरेट र सरकारी ऋणपत्रको खरीद गर्छ । यस अन्तर्गत मासिक २० अर्ब युरो बराबरको ऋणपत्र खरीद गर्ने योजना छ ।  आवश्यक भएसम्म दीर्घकालीन परिमाणात्मक सहजता ‘क्वान्टिटिभ इजिङ’ (क्युइ) सञ्चालन हुने इसीबीले जनाएको छ ।

पीइपीपी र क्युइबीचको अन्तर भनेको यसका सदस्य देशहरूबाट सार्वभौम ऋण कति मात्रामा खरीद गर्ने विषय हो । यो सीमा दुबै कार्यक्रमका लागि एक किसिमको नहुन सक्नेछ ।  दोस्रो योजना भनेको अति चरम सस्तो ऋणको योजना छ । सन् २०२२ को जुनसम्मका लागि यो नयाँ चरणको अति चरम सस्तो ऋण बैंकहरूलाई अर्को वर्ष उपलब्ध गराइने छ ।

यो अति चरम सस्तो ऋण अन्तर्गत दीर्घकालीन पुनर्वित्तीयकरण सञ्चालन लक्ष्य‘ टार्गेटेड लङ टर्म रिफिनान्सिङ अपरेसन्स’ वा टीएटीआरओज कार्यक्रम तय गरिएको छ । यसमा बैंकहरूलाई अति कम ब्याजदरमा अर्बौ युरो ऋण लिन पाउने अवसर प्राप्त हुनेछ ।
अति कम ब्याजदरमा ऋण उपलब्ध हुँदा बैंकहरूले वास्तविक अर्थतन्त्रका लागि बढी भन्दा बढी बैंकले ऋण लिने अपेक्षा गरिएको छ ।

विशेषगरी कोभिड–१९ विश्व महामारीबाट अति खराब अवस्थामा पुगेका साना उद्योगधन्दाका लागि यो ऋण प्रवाहित हुने अपेक्षा गरिएको छ ।

कम्पनीलाई ऋण दिने बैंकहरूले ५० अधार बिन्दुको दरहरूबाट लाभ प्राप्त गर्न पाउने अपेक्षा छ । यसको अर्थ भनेको बैंकहरूले इसीबीबाट ऋण प्राप्त गर्नु हो । अपरिवर्तित ब्याज दर इसीबीको तेस्रो महत्वपूर्ण योजना अगाडि आएको छ । इसीबीले निर्धारण गरेको ऐतिहासिक न्यून ब्याज दरको अवस्था अपरिवर्तत रहने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार  १८ : १५ बजे