ग्लोबल आईएमई लघुवित्तको लाभांश घोषणा

0
Shares

ग्लोबल आईएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र  कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको बार्षिक साधारणसभाबाट पारित भएपश्चात मात्र शेयरधनीमा वितरण हुनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ मंसिर २०७७, आइतबार  २२ : ४५ बजे