तीन दिन लगातार स्थीर रहेको सुनको मूल्य सोमबार भने घटेको छ । गत बिहीबार, शुक्रबार र आइतबार स्थीर दरमा कारोबार भएको सुनको मूल्य सोमबार आएर घटेको हो । यसअघि गत बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको थियो ।
चाँदीको मूल्य भने गत बिहीबारदेखि नै सोमबारसम्म पनि स्थीर रहेको छ । गत बिहीबार तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ सोपछिका दिनहरुमा कुनै परिवर्तन नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १०० रुपैयाँ र चाँदी तोलामा रुपैयाँले घटेको हो ।
महासंघले सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत बिहीबार ९०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँमा खरीद बिक्री भएकोमा त्यसयता एउटै मूल्यमा सुनको कारोबार भैरहेको छ । नेपाली बजारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आउने उतार चढाव अनुसार नै सुनको भाउ निर्धारण हुँदै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया