बैंक अफ काठमाण्डू डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द


बैंक अफ काठमाण्डूले सर्वसाधारण तथा व्यक्तिगत लगानीकर्तामा निष्काशन गरेको डिबेञ्चरको निष्काशन बन्द भएको छ ।

दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता गर्दै बैंकले ०७७ मंसिर २४ गते देखीे “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेको थियो । लगानीकर्ताको उत्साहजनक आवेदन परे पछि सोमबारदेखि निष्काशन बन्द गरिएको बैंकले जनाएको छ ।

माग गरिए अनुसारको आवेदन परेका कारण निर्धारण गरीएको छिटो तथा अन्तिम मितिमा नै डिबेञ्चर निष्काशन बन्द गरिएको हो ।
ऋणपत्रमा लगानीकर्ताले देखाएको सक्रिय सहभागिताबाट बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियता पुष्टि भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।