एनआइबिएल एस क्यापिटलमा निशुल्क डिम्याट खाता खोल्न सकिने, मेरो शेयर पनि निशुल्क


एनआईबिएल एस क्यापिटलले लगानीकर्ताहरुलाई निशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था गरेको छ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले २०७७ पुस १ गतेदेखि डिम्याट खाता खोल्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

यसका साथै मेरो शेयर पनि निशुल्क सञ्चालन गरिने एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

यो योजना सीमित अवधिको लागि मात्र भएकोले छिटो गरेर डिम्याट खाता खोल्न तथा मेरो शेयर एक्टिभेट गर्न क्यापिटलले लगानीकर्तालाई आग्रह गरेको छ । क्यापिटलको कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु र देशभरका नेपाल ईन्भेष्टमेण्ट बैंकका शाखामा पुगेर निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सकिने बताइएको छ ।

डिम्याट खाता खोल्नका लागि आवेदन दिएकै दिन खाता सञ्चालनमा ल्याई मेरो शेयर उपलब्ध गराइने क्यापिटलले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।