राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्नेृ समझदारी

0
Shares


महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने बताए ।उनले भने, “यो कार्यक्रम युवा शक्तिलाई उत्पादनसँग जोडेर बेरोजगारी न्यूनीकरणमा मद्दत गर्नेछ ।” सो समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक तथा श्रमिक शक्तिको उचित व्यवस्थापनमा समेत ठूलो टेवा पु¥याउने उनको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वयनमा चुनौती भए तापनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने दाबी गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।