आईएमई भरोसा कोशद्धारा विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग

0
Shares

आईएमई भरोसा कोशले कोभिड १९ का कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गरेको छ ।

विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको कोशले आवेदकलाई जनही ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच आईएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका नवनिवार्चित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, ग्रुपका प्रबन्धक निर्देशक हेमराज ढकालले संयुक्त रुपमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

आईएमई पे वालेट मार्फत रकम भुक्तानी लिनसक्ने व्यवस्था मिलाईएको कोशको राशि पुस मसान्तभित्र हस्तान्तरण गरिसक्ने लक्ष्य राखिएको छ । २०७६ पुस १६ देखि २०७७ असोज ३० गतेसम्म कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तहरुले आवश्यक विवरण सहित आईएमई ग्रुपको केन्द्रीय कार्याल पानीपोखरी तथा सबै प्रदशेका प्रादेशिक कार्यालयहरु मार्फत मंसिर १५ गतेसम्म आवेदन दिनसक्नेगरी व्यवस्था मिलाईएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।