महासंघमा गठित समिति तथा फोरमका सभापतिहरुको नामावली यस्तो, औपचारिक पत्र हस्तान्तरण


नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघ सचिवालयमा आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका छन् ।
उद्योग समिति सभापतिमा भरतराज आचार्य, व्यापार समितिमा विजयसिंह वैद्य, घरेलु तथा साना उद्योग समितिमा डि.बी. वस्नेत, महिला उद्यमी विकास समितिमा रिता सिंह, स्थल यातायात तथा पारवहन समितिमा प्रकाश सिंह कार्की, कर तथा राजस्व समितिमा संदीप कुमार अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठ, सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ र बैंक, वित्त तथा बीमा समितिमा शाहिल अग्रवाललाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया, स्टार्ट अप एण्ड इनोेभेशन समितिमा रंजितराज आचार्य, स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य, स्वास्थ्य तथा शीप विकास समितिमा हेमराज ढकाल, निर्यात प्रवद्र्धन समितिमा मनिषलाल प्रधान, व्यापार मेला समितिमा नरेन्द्र खडका, उर्जा तथा वातावरण समितिमा गोपाल खनाल र शहरी विकास समितिमा मीनमान श्रेष्ठलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी फोरमतर्फ द्विर्राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत (अजित), सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ, चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी, पूँजी बजार फोरममा अम्बिका प्रसाद पौडयाल र विदेशी रोजगार फोरममा विष्णु गैरेलाई सभापतिको जिम्मेवारी दिइएको छ ।

उद्योग वाणिज्य महासंघमा पहिलो पटक गठन भयो पूँजी बजार समेट्ने फोरम, अम्बिका पौडेल सभापति

कार्यक्रमलाई संवोधन गर्दै महासंघ अध्यक्ष गोल्छाले समिति तथा फोरमको सभापतिको जिम्मेवारी पाएका कार्यकारिणी समितिका सदस्यहरूले सिंगो निजी क्षेत्रलाई शसक्त ढंगबाट अगाडि बढाउने र महासंघको गरिमा उच्च बनाउने कार्यमा आ–आफ्नो जिम्मेवारीलाई परिणाममुखी ढंगले निर्वाह गर्ने अपेक्षा गरेका थिए । आ–आफ्ना समिति तथा फोरमलाई शीघ्र पूर्णता दिई समिति तथा फोरमका कार्यलाई अगाडि बढाउन गोल्छाले सबै सभापतिहरुलाई शुभकामना समेत दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नवनियुक्त सभापतिहरूलाई बधाई सहित जिम्मेवारीका साथ भूमिका निर्वाह गर्ने कार्यमा सफलताको शुभकामना दिएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।