ओपो एफ १७ प्रोका ३ फरक फिचर्स, जसले बजारमा छाड्यो छाप


ओपोले केही समय अगाडि सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ १७ प्रो नेपालमा सार्वजनिक गर्यो । बजारमा सार्वजनिक भएको केही समयमा नै ओपोको उक्त फोन लोकप्रिय भईरहेका छन् ।

उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यति रुचाइरहेका छन् त ?

उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ १७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक बनाउन सघाएका तीन उत्कृष्ट फिचर्सका बारेमा कम्पनीले स्पष्ट पारेको छ।

स्लिक तथा प्रिमियम डिजाइन

७.४८एमएम अल्ट्रा (स्लिक बडी डिजाइन) का कारण ओपो एफ १७ प्रो खल्ती तथा ज्याकेटमा कुनै बल्ज (फुलिएको) विना सहजै अटाउँछ ।

साथै साना ब्यागमा समेत यसलाई समेट्न सकिन्छ । श्रेणीमै अग्रणी ७.४८ एमएम अल्ट्रा थिन र १६४ ग्रामको अत्याधिक हल्का बडी निर्माणका लागि मेनबोर्ड, ब्याट्री लगायत अन्य सामग्री स्लिम डिजाइनमा अटाउन कम्पनीले उद्योगकै अग्रणी डिजाइनको प्रयोग यसमा गरेको छ ।

हातमा बोक्दा आरामदायी र स्मूथ अनुभुति दिन एफ १७ प्रोमा कम्पनीले राउन्डेड एड्ज डिजाइन प्रविधि अपनाइएको छ भने २२० डिग्री एड्ज प्रस्तुत गरेको छ ।

प्रयोगकर्ताले उत्कृष्ट दृश्यानुभव पाउन् भन्ने सोचका साथ एफ १७ प्रोमा ६.४३ इञ्चको डुअल पञ्च होल डिस्प्लेको प्रयोग गरिएको छ ।

साथै, फोनमा एफएचडी प्लस सुपर एमोलेड डिस्प्लेका साथमा ९०.७ प्रतिशत स्क्रिन टू बडी रेसियो उपलब्ध गरिएको छ । उद्योगकै सानो ३.७ एमएम डायमिटरको क्यामेराका लागि फोनमा मिनी डुअल पञ्च होल्सको प्रयोग गरिएको छ ।

फोनको लुक्स ट्रेण्डी ब्याक कभरबिना पूरा हुनै सक्दैन । यसका लागि एफ १७ प्रोमा साइनी म्याट रंगको प्रयोग गरिएको छ । यसले गर्दा ब्याक कभर छुँदा नरम र लोभलाग्दो लुक्स छ ।

साथै फिंगरप्रिन्ट रेजिस्टेन्ट पनि बनेको छ । कम्पनीले फोनलाई म्याजिक ब्ल्यू र म्याट ब्ल्याक गरी दुई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

अत्याधुनिक क्यामेरा प्रविधि

एफ १७ प्रोले प्रयोगकर्तालाई व्यवसायिक झैँ देखिने तस्विर खिच्न सक्ने क्षमता प्रदान गर्छ । एफ १७ प्रोमा रहेका ६ एआई पोट्रेट क्यामेराले उपभोक्तालाई पोट्रेट फोटोग्राफीका लागि सहजता प्रदान गर्नुका साथै भिडियो स्टेबलाइजेशन फिचर्स पनि उपलब्ध गराउँछ ।

फोनको अग्र भागमा हार्डवेयर लेभल प्रोसेसिङको सुविधा प्रदान गर्ने डुअल क्याम जडान गरिएको छ ।

पोट्रेट सेल्फी तस्वीरका साथै, भिडियो तथा शटमा रहेका बहुसंख्यक ब्यक्तिका लागि उपयोगी हुने गरी डुअल लेन्स अपग्रेड गरिएको छ ।

यसमा उपलब्ध गरिएको सफ्टवेयर लेभल एआई प्रोसेसिङले तस्वीरमा रहेका ब्यक्तिको झुम्का तथा कपाल लगायत विवरणमा समेत स्पस्टता प्रदान गर्दै फाइनल फूटेजमा धमिलिनबाट जोगाउँछ ।
यसमा उपलब्ध गरिएको एआई पोट्रेट कलरले पोट्रेटमा रंगलाई अझ सटिकता प्रदान गर्दै प्रयागकर्तालाई शहरी स्ट्रिट स्टाईल फोटो वा ट्राभल फोटामा पृथकता पस्कँदै नयाँपन दर्शाउने अवसर उपलब्ध गराउँछ ।

एआई पोट्रेट कलरले ब्याकग्राउण्ड कलरलाई ब्ल्याक एण्ड ह्वाइट मार्फत म्यूट गराई तस्वीरमा रहेका ब्यक्ति वा विषयहरुको वास्तविक रंगलाई एआई मार्फत थप जीवन्तता प्रदान गर्छ ।

यसमा रहेका क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सौन्दर्य र अनुहारका विवरणहरु बचाउँदै आकर्षक तस्वीर लिन सघाउँछ ।

एआई सुपर क्लियर पोट्रेटले आँखीभौ लगायत ससाना अनुहारका चारित्रिक विशेषताहरु स्पष्ट रुपमा प्रस्तुत गर्ने तथा पुनः निर्माण गरी तिनको उचित प्रस्तुतिको सुनिश्चितता प्रदान गर्छ ।

त्यसैगरी, एआई ब्यूटीफिकेशन २.० ले प्राकृतिक स्किन टोनमा चमक प्रदान गर्दै महिलाहरुका टिका, आँखा लगायत तथा पुरुषका लागि आँखा, आँखिभौ, दाह्री जुंगा लगायत विशेषता जोगाउन सघाउँछ ।

कम प्रकाश भएका स्थानमा समेत प्रयोगकर्तालाई सिटी लाइट्सको ब्याकड्रप मार्फत पोटे«टमा सुन्दर नाइट फ्लेयर दिँदै कलात्मक तस्वीर लिन सघाउँछ ।
यसमा रहेको तेस्रो पुस्ताको अल्ट्रा स्टिडी भिडियोले प्रयोगकर्तालाई स्थिर, स्पष्ट र चहकिला आकर्षक भिडियो ब्लग खिच्न सघाउँछ । यो फिचरले फ्रण्ट फेसिङ क्यामेरामा उपलब्ध गायरोस्कोप र इलेक्ट्रोनिक ईमेज स्टेबलाइजेशन अल्गोरिथमको समायोजन गर्ने हार्डवेयर सोल्यूशनको प्रयोग मार्फत हिँड्दा हिँड्दै वा दौडदै गरेको अवस्थामा समेत कम्पनरहित स्मूथ भिडियो फूटेज लिन मद्दत गर्छ ।

३० वाट भोक फ्ल्याश चार्ज ४.०

ओपोको स्वामित्वमा रहेको ३० वाट भोक फ्ल्याश चार्ज ४.० ¥यापिड चार्ज प्रविधिले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा प्रयोगकर्तालाई ४ घण्टाको टक टाइम वा थप दुई घण्टा ईन्स्टाग्राम ब्राउजिङ वा ३५ मिनेट पब्जी गेमिङको मज्जा लिने अवसर प्रदान गर्छ ।

जम्मा ५३ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्ने यस प्रविधिको प्रयोगले गेमिङ कै समयमा पनि विना चिन्ता ब्याट्री चार्ज गरी गेमका बीचमा ब्याट्री सकिने चिन्ताबाट प्रयोगकर्तालाई राहत दिन्छ ।
यो चार्जिङ प्रविधि तिब्र हुनुका साथै सुरक्षित पनि छ । यसले चार्जिङका समयमा फोन अत्यधिक मात्रामा तात्ने समस्याबाट पनि छुटकारा प्रदान गर्छ । यसले आद्रता भएको अवस्थामा आद्रताको पहिचान गरी उपभोक्तालाई सजग गराउने तथा तत्सम्भव फोन चार्जिङ रोकी फोन तथा ब्याट्रीलाई सुरक्षा समेत प्रदान गर्छ ।
यस प्रविधिले उपलब्ध गराउने एआई नाइट चार्जिङले प्रयोगकर्ताको सुताई बान्की (स्लीपिङ प्याटर्न) का आधारमा प्रयोगकर्ता ब्यूँझने समयको मापन गरी सोही समयमा ब्याट्रीलाई १०० प्रतिशत चार्ज हुने ब्यवस्था मिलाउँछ ।

यसमा रहेको सुपर पावर सेभिङ मोडले दिनको समयमा फोनमा ब्याट्री कम रहँदा अर्थात अन्तिम ५ प्रतिशत ब्याट्री हुँदा डिस्प्लेलाई ब्ल्याक एण्ड ह्वाइटमा परिवर्तन गर्दै पूर्व निर्धारित ६ वटा एप्स चलाउन मिल्नेगरी समायोजन गरी दिन्छ । फलस्वरुप फोनका ब्याट्री अन्य सेटिङका तुलनामा लामो समयसम्म टिक्छ ।

मूल्यः

ओपो एफ १७ प्रो नेपालभर ४३ हजार ९ सय ९० रुपैंयामा उपलब्ध छ । त्यसैगरी, ओपो एफ १७को मूल्य भने ३३ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।