ओपोले सार्वजनिक गर्यो सस्तो फाइभजी स्मार्टफोन


ओपोले आफ्नो नयाँ स्मार्टफोन ए ५३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले गत अगस्टमा सार्वजनिक भएको ओप्पो ए ५३ कै फाइभजी भर्सन चीनमा सार्वजनिक गरेको हो ।

यो नयाँ स्मार्टफोनलाई दुई वटा र्‍याम तथा तीन वटा कलर अप्सनमा बजारमा ल्याइएको छ । जेडी डट कमको लिस्टिङका अनुसार ओप्पो ए ५३ फाइभजी चार जीबी ¥याम तथा १२८ जीबी स्टोरेज भेरिनयन्टको मूल्य चिनियाँ युआन १२९९ राखिएको छ ।

यसलाई ६ जीबी ‍¥याम तथा १२८ जीबी स्टोरेज भेरिन्टमा समेत सार्वजनिक गरिएको छ । तर यसको मूल्यको बारेमा अहिलेसम्म प्रस्ट भइसकेको छैन ।

ओपो ए ५३ फाइभजीका ग्राहकका लागि ग्रिन, सिक्रेट नाइन ब्ल्याक र स्ट्रिमर पर्पल कलर अप्सनमा उपलब्ध उपलब्ध हुनेछ । यसको बिक्री चीनमा २२ डिसेम्बरदेखि सुरु हुनेछ ।

यो स्मार्टफोन एन्ड्रोइड टेनमामा आधारित कलर ओएस ७.२ मा चल्छ । यसमा ९० हर्ज रिफ्रेश रेट तथा १२० हर्ज टच स्याम्पलिङ रेटका साथ ल्याइएको छ ।

ओपो एफ १७ प्रोका ३ फरक फिचर्स, जसले बजारमा छाड्यो छाप

६.५ इन्च फुल एचडी प्लस (१०८० २४०० पिक्सेल) डिसप्ले दिइएको यो फोनमा अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ७२० (एमटी ६८५३भी) प्रोसेसर राखिएको छ । जब कि यस अघिको फोरजी भेरियन्टमा स्नापड्रागन ४६० प्रोसेसर दिइएको थियो ।

फाइभजी भेरियन्टमा ६ जीबीसम्मको र्‍याम रहेको छ । ओपो ए ५३ फाइभजीमा ४०४० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसले १० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्दछ । फोटोग्राफीका लागि यसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सर, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै पोट्रेट सेन्सर दिइएको छ ।

यसको अगाडि भागमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । यसमा फिंगरप्रिन्ट सेन्सर साइड माउण्टेड छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।