बिओकेका ग्राहकलाई तिनाउ इन्टरनेशनल हस्पिटलमा २०% छुट

0
Shares

बैंक अफ काठमाण्डू (BOKL) का ग्राहकहरुले तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलमा छुट पाउने भएका छन् ।

बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट हस्पिटलको बिल भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रा. लि., बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।