आउटरिच नेपाल बन्यो इसिआइ अवार्ड २०२० को विजेता

0
Shares

चीनको साङघाइमा यहि डिसेम्बर १६ देखि डिसेम्बर १८ सम्म आयोजना गरिएको इसिआई अवार्ड २०२० समारोहमा इसिआई मार्केटिङ्ग इनोभसन अवार्ड आउटरिच नेपालले जितेको छ ।

यो अवार्ड आउटरिचले गरेको बेसिक ह्युम्यानिटी प्रचार अभियानको लागि प्राप्त भएको हो । आउटरिचले विश्वव्यापी रुपमा फैलिएको महामारीकै बीच सम्पूर्ण विश्व सीमित स्रोतहरुका साथ घरभित्र थुनिएर बस्न बाध्य भएको समयमा यो अभियान शुरु गरेको थियो ।

इसिआइ अवार्डको स्थापना इन्टरनेशनल इन्टरप्रिन्युयर्स, क्रिएटिभ्स एण्ड इनोभेटर्स एसोशिएसनद्वारा गरिएको हो । इसिआइले नवीन सिर्जनाको प्रभावकारितालाई आधार बनाई विश्व भरिका डिजीटल बिज्ञापनहरुको तुलना गरि यो अवार्ड प्रदान गर्ने गर्दछ ।

उक्त समारोहमा आउटरिच नेपालको तर्फबाट अवार्ड ग्रहण गर्दै एशियन फेडरेसन अफ एडभरटाइजिङ्ग एसोशिएसन्सका अध्यक्ष रेमण्ड सोले अभियानको प्रशंसा गर्दै भने “म बेसिक ह्युम्यानिटी जस्तो प्रेरणदायी अभियानको लागि उजय र उन्को टिमलाई हार्दिक बधाई दिन चाहन्छु, जुन अभियानलाई विभिन्न देशहरुमा अत्यन्त सकारात्मक तवरमा ग्रहण गरिएको तथा स्वीकारिएको थियो । यो अभियान तात्कालिन परिप्रेक्ष्यमा अति नै सान्दर्भिक थियो । यो बेसिक ह्युम्यानिटी अभियानले समानुभूतिको सन्देशलाई अगाडी बढाएको थियो ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।