माछापुच्छ्रे बैंकबाट जेसीबी खरीदका लागि सहज फाइनान्सिङ सेवा

0
Shares


नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक लिमिटेडसँग सहमति गरेको छ ।

एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले भने ‘हामीलाई विश्वास छ । यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्नेछ । अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तिय संस्थासँग सम्झौता गरिसकेका छौं ।’

नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् ।

त्यसैगरी, एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । ‘यो नयाँ सम्झौताले ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पु¥याउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।