मोटोरोलाको ‘मोटो जिनाइन प्ले र ई सेभेन प्लस’स्मार्टफोन नेपालमा

0
Shares


मोटोरोलाले नेपाली बजारमा दुई नयाँ स्मार्टफोनहरु मोटो जिनाइन प्ले र ई सेभेन प्लस मार्फत पुनरागमनको घोषणा गरेको छ ।

राष्ट्रिय वितरक कल मोबिलिटी प्रालिका साथमा बिहीबार मोटोरोलाको नेपालमा पुनरागमन भएको जनाएको हो । कम्पनीले सन् २००७ मा नेपाली बजारमा रकआर, रेजआर र सी सिरिज जस्ता मोडल ल्याएको थियो ।

कम्पनीले भित्र्याएको मोटो जिनाइन प्ले र ई सेभेन प्लसमा विभिन्न विशेषता छन् । मोटो जी प्लेमा क्वाल्कम र स्न्यापड्रागन र ६६२ चिपसेट, एउटा ४८ एमपीको प्राइमरी सेन्सर ट्रिपल क्यामेरा, २० वाटको टर्बो पावर चार्जिङ भएको ५ हजार एमएएच ब्याट्रीजस्ता विशेषता छन् । यसको नेपाली बजारमूल्य १९ हजार ९९० रुपैयाँ छ ।

त्यस्तै मोटो ई सेभेन प्लसमा नाइट भिजन प्रविधि, ४८ एमपीएफ, १.७ प्राथमिक सुटर लगायत विशेषता छन् । यसको मूल्य १६ हजार ५९० रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।