सूर्या लाइफले लाभांश पारित गर्ने डाक्यो साधारण सभा

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले माघ ५ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्यारेन्सले सोमबार होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा बिहान ११ बजे सभा बोलाएको हो ।

इन्स्योरेन्सको पुस ७ गते बसेको संचालक समितिको २८० औँ बैठकले साधारण सभाको मिति तोकेको हो । सभामा शेयरधनीहरु भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सक्नेछन् ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ ।

यसैगरी सभामा कम्पनीले बोनस शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप वृद्धि गर्ने साथै सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पेश गर्ने छ ।

कम्पनीले सभामा संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना परिवर्तन गर्ने एजेण्डा समेत छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा घटाउने र सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशतबटा बढाएर ४० प्रतिशत पुर्याउने प्रस्ताव गरेको छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते शुक्रबारदेखि पुस २४ गतेसम्म बुकक्लोज हुनेछ । पुस १६ गते बिहीबारसम्म कायम रहने शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।