निर्जीवन बीमा कम्पनीहरुको सूचीकृत कम्पनीको शेयरमा पौने ५ अर्ब लगानी, राष्ट्रिय बीमाको मात्रै ८६ करोड

0
Shares

निर्जीवन बीमा व्यवसाय गर्ने २० कम्पनीहरुले सूचीकृत कम्पनीको साधारण शेयरमा पौने ५ अर्ब लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ७० करोड २ लाख २४ हजार रुपैयाँ सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गरेका छन् ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनी, शिखर इन्स्योरेन्स, प्रिमियर, नेपाल इन्स्योरेन्स लगायतका कम्पनीले अरु कम्पनीको तुलनामा सबैभन्दा बढी रकम लगानी गरेका छन् । यी कम्पनीहरुले ३० करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीमध्ये सूचीकृत कम्पनीको साधारण शेयरमा सबैभन्दा धेरै लगानी गर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनी रहेको छ । यस अवधिसम्ममा कम्पनीले सूचीकृत कम्पनीको साधारण शेयरमा ८५ करोड ९५ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ । यो रकम निजीर्बन बीमा कम्पनीको कुल लगानीको १८.२९ प्रतिशत हुन आउँछ।

सूचीकृत कम्पनीको साधारण शेयरमा राष्ट्रिय बीमा कम्पनी पछि शिखर इन्स्यारेन्सले सबैभन्दा बढी रकम लगानी गरेको छ । इन्स्यारेन्सले यस चालु आवको पहिलो त्रैमाससम्ममा ३४ करोड ७६ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ ।

निर्जीवन बीमा कम्पनीमध्ये सूचीकृत कम्पनीको साधारण शेयरमा कम रकम लगानी गर्ने सानिमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा कम्पनीले १० लाख रुपैयाँ मात्रै लगानी गरेको छ ।

यसैगरी अजोड इन्स्योरेन्स सूचीकृत कम्पनीको साधारण शेयरमा कम लगानी गर्ने कम्पनीमध्ये दोस्रोमा पर्दछ । यस अवधिमा अजोड इन्स्यारेन्सले ९० लाख रुपैयाँ लगानी गरेको छ । अन्य कम्पनीको सूचीकृत कम्पनीको शेयरमा ९ करोडभन्दा बढी लगानी रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।