नबिल बैंक बैंकिङ सेवामा मात्र होइन प्रतिफलमा पनि सधैं उत्कृष्ट

0
Shares

निजी क्षेत्रका वाणिज्य बैंकको नाम लिँदा पहिलो नम्बरमा नबिल बैंकको नै नाम आउने गर्छ । नबिल बैंक बैंकिङ सेवाका लागि मात्र नभई धितोपत्र बजारमा पनि उत्तिकै खोजिने ‘ब्राण्ड’ हो ।

बैंकिङ सेवालाइ निजी क्षेत्रबाट स्थापित गर्न सफल नबिल बैंकले अहिले देशैभरिबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । विदेशी बैंकहरुको संयुक्त लगानी भएका बैंकहरुसँग प्रतिस्पर्धा गर्दै स्वदेश तथा विदेशमा समेत आफ्नो पहिचान बनाएको छ ।

वाणिज्य बैंकहरुको नाम लिँदा कसैले पनि नछुटाउने बैंक हो नबिल । बैंकले नियामक निकायले तोकेको पूँजी पु¥याउनका लागि हालसम्म हकप्रद शेयर जारी गरेको छैन ।

बैंकले आफ्नै आम्दानीबाट शेयरधनीलाई दिने प्रतिफलमा ‘स्टक डेभिडेण्ड’ मार्फत नै १० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी पु¥याएको छ । धितोपत्रको दोस्रो बजारमा ‘ब्लु चिप’ शेयरको नाममा परिचित नबिल बैंकको शेयर मूल्य हालसम्म अधिकतम ६ हजार ४०० रुपैयाँसम्म पुगेको छ । धितोपत्रको दोस्रो बजारमा नबिल बैंकलाई हेर्दा सामान्यतः स्ट्याण्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकलाइ हेर्ने गरिन्छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक बेलायती स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त लगानीमा स्थापना भएको बैंक हो भने एभरेष्ट बैंकले भारतीय बैंक नेशन पन्जाब बैंकको संयुक्त लगानीमा स्थापना भएको हो ।

यी बैंकहरु बैंकिङ्ग सेवा तथा धितोपत्र बजारमा शेयर मूल्यमा कहिले कुन अघि त कहिले कुन अघि हुने गरेका छन् । शेयर बजारमा सूचीकृत वाणिज्य बैंकको शेयर मध्ये यी तीन बैंकको शेयरमा सबै लगानीकर्ताको आँखा नपरेको हुँदैन ।

पछिल्लो समयमा कोरोना भाइरसको कारण देखाउँदै धितोपत्र बजारमा सूचीकृत वाणिज्य बैंहरुले शेयर लगानीकर्तालाई न्यून प्रतिफल दिएको अवस्था छ । विदेशी साझेदार बैंकले पनि लगानीकर्तालाई निराश नै बनाएको अवस्था छ ।

नबिल बैंकले भने लगानीकर्ताको मनोबल उच्च पार्ने गरी गत आर्थिक वर्ष २०७६।७ठ को नाफाबाट शेयरधनीलाई कुल ३५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । गत आवमा बैंकले ३ अर्ब ५६ करोड खुद नाफा गरेको थियो । निरन्तर बढेको शेयर बजारमा सूचीकृत कम्पनीहरुको लगानीकर्ता निराश हुने गरी अति न्यून प्रतिफल घोषणाले घट्न थालेको भएपनि नबिल बैंकको लाभांश आएपछि २ दिन भएपनि बजार बढेको लगानीकर्ताहरु बताउँछन् ।

शेयर बजारमा नबिल बैंकको शेयर मूल्यको उतार चढावलाई हेर्दा ६५० रुपैयाँ देखि ६ हजार ४०० रुपैयाँ सम्म पुगेको देखिन्छ । २०७५ साल भदौ १५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बनाएको नयाँ उचाइ (११७५) बनाएको वर्ष नबिल बैंकको शेयरमूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँ सम्म पुगेको थियो ।

त्यसैगरी नेप्से सूचकले १८८१ अंकको उचाइ तय गर्दा बैंकको शेयरमूल्य २ हजार ७०० सम्म पुगेको थियो । तर, अहिले शेयर बजार सूचक नयाँ उचाइ २०७१ कायम गरेको भएपनि बैंकको शेयरमूल्य भने १ हजार ४०० रुपैयाँको हाराहारीमा पुगेको छ ।

बैंकले अन्य बैंकहरुले भन्दा धेरै लाभांश दिने भएपछि पछिल्ला दिनहरुमा शेयरमूल्य उच्च गतिमा बढ्दा १ हजार ४०० भन्दा केही माथि मात्र पुगेको छ । कोरोना भाइरसले असर गरेपछि नबिल बैंकले अन्य बैंकको तुलनामा उच्च लाभांश दिएर लगानीकर्तालाइ सकारात्मक मात्र बनाएन । बैंकले आफ्ने एक नम्बर भएको दाबीलाइ समेत प्रतिफलको माध्यमबाट समेत स्थापित गरेको छ । बैंकले पछिल्लो एक दशकमा ३० प्रतिशत भन्दा थोरै लाभांश दिएको रेकर्ड छैन । एक दशकको अवधिमा बैंकले २ अर्बबाट बोनस शेयर मात्रै जारी गरेर १० अर्ब भन्दा धेरै पूँजी पु¥याएको छ ।

 

नबिल बैंक २०४१ सालमा स्थापना भएको हो । सुरुमा बैंकले नेपाल अरब बैंकको नामबाट बैंकिङ सेवा प्रदान गर्न सुरु गरेको थियो । तर, केही समयपछि यूएइका लगानीकर्ताले आफ्नो लगानी फिर्ता गरेपछि बैंकमा चौधरी समुहले बहुमत शेयर होल्ड गरेको छ । ।

प्रतिष्ठित व्यवसायिक घराना चौधरी ग्रुपले नबिल बैंकमा एनबी इन्टरनेशनल लिमिटेल कम्पनी मार्फत लगानी गरेका छन् । साउथ एशियन फाइनान्सियल सर्भिसको सहायक कम्पनी एनबी इन्टरनेशनल पनि आइरिस कम्पनी हो ।

बैंकको शेयर संरचनामा ४० प्रतिशत हिस्सा सर्वसाधारण समुहको रहेको छ भने ६० प्रतिशत संस्थापक समुहको लगानी छ । संस्थापक समुहमा पनि सबैभन्दा धेरै ५० प्रतिशत हिस्सा एनबी इन्टरनेशनलको रहेको छ ।

त्यसैगरी बैंकको संस्थापक शेयरधनीमा राष्ट्रिय बीमा कम्पनी र नेपाल स्टक एक्सचेन्ज पनि रहेका छन । हाल बैंकको सञ्चालक समितिको अध्यक्ष पूर्व बैंकर उपेन्द्र पौडेल रहेका छन् भने व्यवस्थापन प्रमूखको रुपमा चर्चित बैंकर अनिल केसरी शाह रहेका छन् ।

बैंकको सञ्चालक समितिको पूर्व अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर र डेपुटि गर्भनर समेत रहेका थिए ।

 

 

तालिकामा बैंकको चुक्ता पूँजी, जगेडा कोष र खुद नाफालाई हजार र लाभांशलाई प्रतिशतमा देखाइएको छ ।

दश वर्ष अघि ३ अर्ब रुपैयाँ सञ्चित कोषमा रहेको बैंकको सो कोषमा हाल १२ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । यो अवधिमा बैंकको खुद नाफा पनि एक अर्ब १९ करोड बाट बढेर गत आवमा आइपुग्दा ३ अर्ब ५६ करोड रुपैयाँ पु¥याएको छ ।

यो १० वर्षको अवधिमा बैंकले सबैभन्दा धेरै ६५ प्रतिशतसम्म प्रतिफल दिएको छ । हाल बैंकले ११९ वटा शाखा, १८५ वटा एटिएम र एक हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टका साथ देशव्यापी रुपमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।