नेपाल लाइफका बीमितले अधिकत ८२ रुपैयाँसम्म बोनस पाउने

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । इन्स्योरेन्सले बीमितहरुलाई प्रति हजार न्यूनतम ६२ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

बीमा समितिले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमांकीय प्रतिवेदन पारित गरेपछि इन्स्यारेन्सले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सले सावधिक तथा सामुहिक जीवन बीमालेख अन्तर्गत सुरक्षित जीवन, जीवन ज्योती, रुलर इन्डोमेन्ट, बाल शिक्षा योजना, केटाकेटी, जीवन लक्ष्मी र जीवन सारथी बीमालेखमा ५ देखि १५ वर्ष अवधिको लागि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको बीमालेखका लागि ७२ रुपैयाँ, २६ वा सो भन्दा माथीको बीमा अवधिलाई ८२ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमालेख (धन वर्षा १५ वर्ष, धन वर्षा २० वर्ष, नौलो धन वर्षा, जीवन उन्नती, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन बीमा योजनामा प्रति हजार ६५ रुपैयाँँ बोनस दिने भएको छ ।

यस्तै, इन्स्योरेन्सको आग्रिम भुक्तानी (जीवन सम्वृद्धि) योजनामा १५ वर्षे ६२ रुपैयाँ २० वर्षे योजनाको लागि ६४ रुपैयाँ बोनस रहेको छ ।
त्यस्तै सावधिक तथा आजीवन (जीवन साहारा) बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ६५ रुपैयाँ र १६ देखि २० वर्ष अवधिको लागि ६५, २१ देखि २५ वर्ष अवधि तर्फ ७२ र २६ वा सो भन्दा माथीको बीमालेखमा ८२ रुपैयाँ बोनस दर दिने भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।