रिलायन्स लाइफ इन्स्योरेन्समा रोजागरीको अवसर, उच्च पदहरुमा समेत आवेदन माग

0
Shares

रिलायन्स लाइफ इन्स्यारेन्स (RLI) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्स कम्पनीले सेवा विस्तारको क्रममा विभिन्न पदहरुमा दरखास्त आवेदन माग गरेको हो ।

देशका विभिन्न स्थानमा साखा र उप शाखा विस्तार गरि उत्कृष्ट जीबन बीमा सेवा प्रदान गर्दै आइरहेको इन्स्योरेन्सले क्षेत्रिय कार्यालय, शाखा र उपशाखाका लागि क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख र बजार प्रतिनिधि आवश्यक भएको जनाएको छ ।

इन्स्योरेन्सले क्षेत्रीय प्रबन्धक २ जना, शाखा प्रमुख १ जना, उप शाखा प्रमुख ४ जना र केही बजार व्यवस्थापक पदमा कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

मान्यता प्राप्त विश्वविधालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् । साथै, जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवदेकहरुलाई प्राथमिकता दिने समेत इन्स्योरेन्सले जनाएको छ ।

इच्छुक आवेदकले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन बुझाइ सक्नुपर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।