युनाइटेड इन्स्योरेन्सको साधारण सभा माघ ७ गते

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) ले माघ ७ गते बुधबार फाइनान्सको २६ औं साधारण सभा आह्वान गरेको छ ।

सञ्चालक समितिको ३५१ औं बैठकले काठमाण्डौको कुपण्डोल स्थित होटल हिमालयमा बिहान १०ः३० बजे सभा डाकेको हो । कोरोना महामारीका कारण सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने छ ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने कम्पनीले शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समुह र सर्वसाधारण समुहको शेयर स्वामित्व संरचना परिवर्तन गरि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव स्वीकृत गरिने छ ।

साधारण सभामा उपस्थित प्रयोजनाका लागि कम्पनीले २१ गते बुकक्लोज गर्नेछ । यसअनुसार पुस २० गते सोमबारसम्म शेयरमा कारोबार भई कायम शेयरधनीले मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।