प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध साढे ३ महिनापछि हट्यो

0
Shares

भारतले साढे ३ महिनादेखि नेपाल लगायत अन्य देशहरुमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध सोमबारदेखि हटाएको छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले अंग्रजी नयाँ वर्ष अर्थात १ जनवरीबाट लागू हुनेगरी भारतले प्याजको निर्यात प्रतिबन्ध हटाएको जानकारी दिए ।

आफ्नो मुलुकमा प्याज अभाव हुने औल्याउँदै गत भदौ २९ गतेदेखि भारतले नेपाल लगायत अन्य छिमेकी मुलकहरुमा आफ्नो देशबाट हुने प्याज निर्यातमा रोक लगाएको थियो ।

भारतको निर्यातमा प्रतिबन्धसँगै स्वदेशी उत्पादनमा मात्र निर्भर हुने परेपछि नेपाली बजारमा प्याजको भाउ आकाशिएको थियो । प्रतिबन्ध फुकुवा भएसँगै नेपाली बजारमा प्याजको भाउ घट्ने आंकलन गरिएको छ । प्रतिबन्धसँगै नेपाली बजारमा प्याजको भाउ दोब्बरभन्दा धेरैले बढेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।