बुद्ध एयरद्धारा सय दिनमा ३ लाख ७५ हजारलाई हवाई सेवा

0
Shares

निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक बुद्ध एयरले एक सय दिनमा ३ लाख ७५ हजारलाई हवाई सेवा प्रदान गरेको छ ।

दैनिक चार दर्जनभन्दा बढी उडान, १५ गन्तव्य तथा सरदर ३७०० बढी यात्रु गरी बुद्ध एयरले विगत १०० दिन (सेप्टेम्बर २१ देखि डिसेम्बर २९) मा ३ लाख ७५ हजारभन्दा बढी यात्रुलाई सेवा दिन सफल भएको हो ।

कोभिड–१९ का कारण लामो समयसम्म बन्द हवाई उडानहरु सुचारु भएपछि बुद्ध एयरले सुरक्षित तथा संक्रमणरहित उडानका लागि शुरुवाती दिनदेखि नै कोभिडविरुद्ध सुरक्षा निर्देशिका तयार, तालिम प्रदान तथा महिनौंसम्म पूर्वअभ्यास गरेको थियो ।

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने ‘हाम्रा हरेक उडानमा यात्रु संख्या थपिदै जानु हामीले अपनाएको पूर्ण सुरक्षित तथा संक्रमण रहित विधि नै हुनुपर्छ,’।

हरेक उडान अगाडि जहाजलाई अन्तर्राष्ट्रिय संस्थाले सुझाएको विधि तथा केकिमल प्रयोगले सरसफाई, कर्मचारीलाई आवश्यक तालिम, पीपीई तथा अन्य सुरक्षाका उपायबारे ज्ञान लिएर हरेक यात्रुलाई मास्क तथा जहाजमा फेससील्डको अनिवार्य प्रयोगले बुद्ध एयरका हरेक उडान संक्रमण रहित भएको कम्पनीले जनाएको छ ।

बुध्द एयरसँग दुई बीचक्राफ्ट, ३ एटीआर ४२ र ८ वटा एटीआर ७२ जहाज रहेको छ । यसले १५ आन्तरिक गन्तव्यमा दिनहुँ उडान भर्ने गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।