कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता

0
Shares

कुमारी बैंक लिमिटेड र बिरगञ्ज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर गरेको उक्त सम्झौता–पत्र अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पञ्चकर्म र औषधिमा ५ प्रतिशतसम्म, थेरापी, लगायत आईडीपी (बेडचार्ज) मा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।