‘अधिक तरलताको स्थिति लामो समय रहँदैन’ – गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले बैंकिङ प्रणालीमा रहेको अधिक तरलताको स्थिति लामो समयसम्म नरहने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का नयाँ कार्य समितिलाई भर्चुअल माध्यममार्फत् बधाइ तथा शुभकामना दिँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रबाट मंसिर र पुसमा कर्जा प्रवाह बढेको जानकारी दिए । साथै उनले यही आर्थिक वर्षमा प्रणालीमा रहको अधिक तरलता प्रयोगमा आइसक्ने दाबी समेत गरे ।

‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ,’ गभर्नर अधिकारीले भने, ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनरकर्जाका लागि दिएको पैसा लैजान बैंकहरुले गाह्रो मानेका छन् तर अब कर्जा बढ्दै जाँदा पुनरकर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ ।’

उनले असोजमा मात्रै पुनरर्जाको आवेदन माग भएर कार्तिकमा स्वीकृत भएको तथा आर्थिक पुनरुउत्थान कार्यविधि मंसिरमा मात्रै आएकोले दोस्रो त्रैमामसमा नैं कुन बैंकले कति यागदान दिए भन्ने स्पस्ट नहुने तर चैतसम्म कस्तो योगदान दिए भन्ने स्पस्ट हुने भएकोले चैतसम्मको डाटाको आधारमा राष्ट्र बैंकले मुल्याङ्कन गर्ने जानकारी दिए ।

कोभिड पछिको आर्थिक पुनरुउत्थानको लागि गत वर्षको चौथौ त्रैमासमा ब्याजदरमा २ प्रतिशत छुटबाट ९ अर्ब भन्दा बढीको योगदान भएको र हालसम्म ८१ अर्ब पुनकरर्जा स्वीकृत भएको पनि जानकारी दिए ।

स्वीकृत भएको ८१ अर्ब पुनकर्जा मध्ये अधिकाँस १५ लाख भन्दा साना कर्जामा गएको जानकारी दिँदै उनले पुनरकर्जाकर्जाको उपयोग राष्ट्र बैंकले एसएमी क्षेत्रमा नै बढी गरेको दाबी गरे । ‘हालसम्म ४१ हजार ऋणीलाई ८१ अर्ब पुनर्कर्जा स्वीकृत भएकोमा ३३ हजार भन्दा बढी ऋणी १५ लाख भन्दा सानो कर्जा स्वीकृत भएको छ,’ अधिकारीले भने ।

गभर्नर अधिकारीले सार्वजनिक हित बाहेकको काम राष्ट्र बैंकले कुनै पनि हालतमा नगर्ने बताए । “हामीले सार्वजनिक हित बाहेकका काम गर्दैनौँ सिस्टमको हितको लागि काम गर्ने हो,” उनले सञ्चार माध्यमलाई पनि सूचना संप्रेषण गर्र्दा भेरीफाइ गरेर मात्रै गर्न आग्रह गरे । ‘बाहिरबाट उचालेर केही कुरा आउन सक्छ, त्यस्तो विषयमा समाचार सम्प्रेषण गर्दा राष्ट्र बैंकसँग भेरीफाइ गरेर सूचना प्रवाह गर्नुहोला ।’ गभर्नर अधिकारीले भने ।

भर्चुअल छलफलमा गभर्नर अधिकारीले अर्थतन्त्रमा कोभिडको प्रभाव अनुमान विश्वव्यापी रुपमा नै अनुमान गरिएकोभन्दा धेरै कम भएको हँदा आगामी दिनमा यसको रिकोभरी पनि सोचेभन्दा राम्रो हुने बताए ।

उनले केही क्षेत्र बाहेक अधिकाँस क्षेत्रमा आर्थिक गतिविधि राम्रो देखिएकोले आर्थिक वृद्धि राम्रो हुने जिकिर गरे। नेपालको सन्र्दर्भमा गत जेठमा उद्योगहरु क्षमताको ६ प्रतिशत मात्र सञ्चालनको अवस्थामा रहेकोमा हाल क्षमताको ५६/५७ प्रतिशत अवस्थामा सञ्चालनमा आइसकेको पनि गभर्नर अधिकारीले जानकारी दिए।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।